प्रचण्ड नेपालको नया प्रधानमन्त्रीमा निर्वाचित

१९ साउन, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा बुधबार निर्वाचित भएका छन् । प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत बनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावको पक्षमा ३६३ र विपक्षमा २१० मत खसेको छ । संसद बैठकमा जम्मा ५७३ सांसद उपस्थित थिए ।

Our Facebook Like Page ::

0 comments

Write Down Your Responses