आफ्नै आमाको नाम पनि थाहा छैन प्रचण्ड लाइ ?अनि देशको प्रधानमन्त्री कसरी बन्ला ?

काठमाडौंं । प्रधानमन्त्रीको उम्मेदवारीका लागि बुधवार संसदको दरखास्त फारममा कांग्रेस–माओवादीका संयुक्त उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै आमाको नाम लेख्न छुटाएका छन् । फारमको पाँच नम्बरमा उल्लेखित माता पिताको नाम महलमा ‘प्रचण्ड’ले पिता मुक्तिनाथ दाहालको मात्र नाम लेखेका छन् । झट्ट हेर्दा सामान्य विषय लागेपनि यसले महिला मुक्तिका लागि संघर्ष गरेको बताउने

पार्टीका अध्यक्ष र दुई दिनपछि प्रधानमन्त्रीको कुर्सीमा बस्न लागेका प्रचण्डको महिलाप्रतिको दृष्टिकोण झल्काउँछ । पत्रकार एवं महिला अधिकारकर्मी बबिता बस्नेत यो घटनाले प्रचण्डमा पितृसत्ताको ‘ह्याङओभर’ बाँकी रहेको पुष्टि भएको बताउँछिन् । ‘या उहाँलाई आमाको नाम थाहा छैन या थाहा पाएर पनि लेख्न चाहनुभएन,’ बस्नेतले भनिन्, ‘नाम थाहा छैन भने त बहस गर्नको अर्थ छैन तर थाहा भएर पनि नलेख्नुभएको हो भने उहाँमा पितृसत्ताको अवशेष छ भन्नुपर्छ ।’ साहित्यकार नयनराज पाण्डेले आमाको नाम नराख्नेले आफ्नो देशको नाम कसरी राख्ला भनेर ट्विटरमा टिप्पणी गरेका छन् । जागरण नेपालकी अध्यक्ष एवं महिला अधिकारकर्मी शर्मिला कार्की ‘महिला अधिकार र समानताप्रति समर्पित हुँ’ भन्ने पार्टीको अध्यक्षले आमाको नाम नै उल्लेख गर्न बिर्सनु’ आश्चर्यको विषय भएको बताइन् । बाबुको नभएपनि कम्तीमा आमाको लेख्नुपथ्र्यो, तर प्रधानमन्त्रीका उम्मेदवारले आमाको नाम नै नलेख्नु आश्चर्यपूर्ण छ ।’ स्मरणीय छ, प्रचण्ड तिनै नेता हुन् जो कतिपय नाम चलेका मिडियामा आफ्नो उपनाम प्रचण्ड उल्लेख नभएकोमा सार्वजनिक रूपमा आपत्ति जनाउन समेत पछि पर्दैनथिए ।

Our Facebook Like Page ::

0 comments

Write Down Your Responses