ब्राजिल जाने खेलाडी र प्रशिक्षकलाई प्रतेक व्यक्तिलाई ४२ कन्डम दिने

रियो दि जेनेरियोः रियो ओलम्पिक नजिकिँदै जाँदा ब्राजिलमा विदेशी खेलाडी तथा पाहुनाको सुरक्षा र स्वास्थ्यलाई समेत आयोजकले विशेष ध्यान दिएका छन् । ब्राजिल सरकारले खेलाडीको सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी खटाएको समाचार बाहिर आइरहेको अवस्थामा ब्राजिलमा खेलाडीको स्वास्थ्यलाई पनि पहिलो प्राथमिकतामा राखिएको समाचार सार्वजनिक भएको छ । सोही अनुरूप ब्राजिल ओलम्पिकमा

सहभागिता जनाउन लागेका प्रत्येक खेलाडी र प्रशिक्षकलाई आयोजकले जनही ४२ वटा कन्डमबाट स्वागत गर्दैछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को आदेशमा ब्राजिल सरकारले ओलम्पिक भिलेजमा बस्ने सबै खेलाडी र प्रशिक्षकलाई जनही ४२ वटा कन्डम उपलब्ध गराउन निर्देशन दिएको समाचार सीएनएनले प्रकाशित गरेको छ । खेलाडीका लागि कुल ४५ लाख कन्डमको व्यवस्था गरिएको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेअनुसार रियो ओलम्पिकमा खेलाडीलाई प्रदान गर्न लागिएको कन्डम यसअघि लन्डन ओलम्पिकमा प्रदान गरिएको भन्दा तेब्बर बढी हो । लन्डन ओलम्पिकमा खेलाडी र प्रशिक्षकका लागि एक लाख ५० हजार कन्डम वितरण गरिएको थियो । रियो ओलम्पिकमा महिला खेलाडी र प्रशिक्षकलाई पनि एक लाख थान महिलाले नै प्रयोग गर्ने कन्डम प्रदान गरिने भएको छ । यौनजन्य रोगबाट बचाउनमात्र होइन, ब्राजिलमा फैलिएको जिका भाइरसको संक्रमणबाट पाहुना र खेलाडीलाई जोगाउन पनि यस्तो निर्णय गरिएको आईओसीले जनाएको छ । रियो ओलम्पिकमा ११ हजार खेलाडी र ६ हजार प्रशिक्षकको सहभागिता रहनेछ । खेलाडीकै संख्यामा विभिन्न देशबाट अफिसियल र पदाधिकारी पनि रियो ओलम्पिकमा सहभागी बन्नेछन् । यसैगरी रियो ओलम्पिकको खेल हेर्न विश्वभरिबाट हजारौं समर्थक ब्राजिल पुग्ने अनुमान गरिएको छ । रियो ओलम्पिक आगामी शुक्रबारबाट सुरु हुँदैछ ।

Our Facebook Like Page ::

0 comments

Write Down Your Responses