जागिर खुल्यो :मेगा बैंकले बिभिन्न पदमा ७७ जनाका लागि जागिर खुलाए,भ दौं १ गतेसम्म आवेदन पेश गरिसक्नुपर्ने

१९ साउन, काठमाडौं । मेगा बैंक नेपालले ७७ जनाका लागि जागिर खुलाएको छ । बैंकले बुधबार सार्वजनिक सूचनामार्फत जागिरका लागि आवेदन मागेको छ ।

बैंकले २ जना व्यवस्थापक, २९ जना अधिकृत र ४६ जना सहायक स्तरका लागि आवेदन खुल्ला गरेको छ । इच्छुकले भदौं १ गतेसम्ममा आवेदन पेश गरिसक्नुपर्ने छ । एक जना मेगा माइक्रो बैंकिङ मेनेजर र एक जना भैरहवा शाखाको लागि शाखा व्यवस्थापक आवश्यक रहेको सूचनामा उल्लेख छ । त्यसैगरी, अधिकृत स्तरका लागि कानुन, कर्जा, मानव संसाधन, पुर्वाधार फाइनान्सिङ लगायतको क्षेत्रका लागि ११ जना मागेको हो । अन्तिम छनौटमा परेका प्रतिष्पर्धीहरुले मेगा बैंकको काठमाडौं, नेपालगञ्ज, बिरगञ्ज, पोखरा, बुटवल, भैरहवा, सुनवल, तानसेन, नारायणगढ, तौलिहवा लगायतका क्षेत्रमा रहेका शाखाहरुमा काम गर्नुपर्ने शर्त छ ।

Our Facebook Like Page ::

0 comments

Write Down Your Responses