भारत बाट उडेको इमिरेट्स एयरलाइन्सको विमान दुवईको एयरपोर्टमा दुर्घटनाग्रस्त

साउन १९, काठमाडौं । दुवई एयरपोर्टमा इमिरेट्स एयरलाइन्सको विमान बुधबार दुर्घटनाग्रस्त भएको छ ।

२७५ यात्रु र चालकदलका सदस्य रहेको जहाजमा दुवई एयरपोर्टमा आकस्मिक अवतरण गर्नुअघि आगो लागेको थियो । स्थानीय समय अनुसार बुधबार दिउँसो पौने १ बजे दुवई एयरपोर्टमा ल्याण्ड गरे लगत्तै विमानस्थलको आकाशमा बाक्लो कालो धुवाँ मडारिएको देखिएको बताइएको छ । भारतको केरलास्थित त्रिभेन्द्रम एयरपोर्टबाट उडान भरेको विमानको ल्याण्डिङ गियरले काम नगरेको बताइएको छ । तर विमानमा भएका सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको अन्तरास्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुवईको सरकारी सञ्चारमाध्यमका अनुसार कुनै पनि यात्रुहरु घाइतेसमेत भएका छैनन् । दुवई बिमानस्थलका सबै उडान तथा अवतरण अनिश्चितकालका लागि बन्द गरिएको दुवई बिमानस्थलले जनाएको छ । -एजेन्सीको सहयोगमा

Our Facebook Like Page ::

0 comments

Write Down Your Responses